काभ्रेको पाँचखाल नगरपालिकास्थित तिनपिप्लेको मोडमा बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा तिनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ की रञ्जना गौतम रहेका छन् । मोटरसाइकल चालक श्रीमान घाइते भएको र पछाडि बसेकी श्रीमतीको मृत्यु भएको हो ।
अहिले घटना स्थलमा प्रहरी पुगेको र सवारी आवागमन बन्द भएको धुलिखेल प्रहरी कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया