ओडिशाको ढेंकनाल जिल्लामा शुक्रवार राती कमालंगा गाउँ नजिकै सदर सीमामा सात हात्तीको मृत्यु भएको छ । नागों तारबाट करेन्ट लागेर ती हात्तीहरुको मृत्यु भएको हो ।
समाचारमा जनाए अनुसार १३ हात्तीहरुको समूह केही दिनदेखि यस क्षेत्रमा चरिरहेका थिए ।
शुक्रबार हात्तीहरुको समूह कमालंगा गाउँको खेत हुँदै गइरहेको थियो त्यही समय हाई भोल्टेजको नांगो तार छुन पुगेको थियो । यस ठाउँमा रेलवे ट्रयाक बनाउनको लागि ति तारहरु राखिएको थियो । स्थानीय नागरिकहरुले राखिएको तारको उचाई १५ फिटसम्म हुनुपर्ने भन्दै यो घटनाको आरोप लगाएका छन् । तर यो तार केवल ८ फिटको उचाईमा राखेको थियो ।
स्रोतका अनुसार भाग्यले ६ हात्ती यो दुर्घटनाबाट बच्न सफल भए । यो घटनाको जानकारी पाउना साथ पारजंग वन विभागका सदस्यहरु सो स्थानमा पुगेका छन् । उनीहरुले हात्तीहरुलाई आफ्नो कब्जामा लिएका छन् ।





























प्रतिक्रिया