प्रहरीले वीरगन्ज–रक्सोल सिमा नाकाबाट हतियारसहित नेपाल प्रवेश गर्दै गरेका तीन जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् । बी आर ०५ पीए ६१७७ नम्बरको सेतो स्कार्पियो गाडीमा नेपाल प्रवेश गर्दै गरेका तीन भारतीय नागरिकलाई सशत्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण मोतीहारी जिल्लाको रामगढवा बजारका २७ वर्षीय अवधबिहारी प्रसाद, सोही ठाउँका ३७ वर्षीय उमेशप्रसाद गुप्ता र स्कार्पियो चालक ओमप्रकाश पासवान रहेका छन् ।
पक्राउ परेकाहरुका साथबाट ०.३२ इन्चको एक थान एनपीबोर पिष्टल, त्यसमा लाग्ने ८ राउण्ड गोली र २ वटा म्याग्जिन बरामद गरिएको छ ।





























प्रतिक्रिया