काठमाडौँ

सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको छ । "/>

स्थानीयतहमा कार्यरत कर्मचारीको विवरण पठाउन ३ दिने अल्टिमेटम

स्थानीयतहमा कार्यरत कर्मचारीको विवरण पठाउन ३ दिने अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

जिल्ला समन्वय समिति अन्तर्गत रहेका कर्मचारीबारे विवरण संकलन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिसस कार्यालयका नाममा पत्र काट्दै तीन दिन भित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले जिसस ( साविकका जिल्ला विकास समिति ) मा साविक स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ को प्रावधान अनुसार स्थायी नियुक्ति भएका कर्मचारीको विवरण इमेल मार्फत तीन दिन भित्र अनिवार्य उपलब्ध गराउन निर्देशन दिइएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहमा साविकको जिविस, संघीय मन्त्रालय तथा अन्य मन्त्रालयले पनि कर्मचारी पठाएकाले त्यसको यथेष्ट विवरण संकलन गर्न विवरण उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए ।

जिससले मन्त्रालयमा विवरण पठाउँदा कर्मचारीको नाम, पद, नियुक्ति मिति, अनिवार्य अवकाश हुने अनुमानित मिति, नियमानुसार पाउने सेवा, निवृत्त सुविधा, स्थानीय तहमा खटाइएको भए तहको नाम समेत पठाउन भनिएको छ ।

मन्त्रालयले चालू आवमा अवकाश हुने कर्मचारीका लागि लाग्ने रकम, कर्मचारी कल्याण कोषमा रहेको मौज्दात रकम, सेवा निवृत्त भइसकेको तर भुक्तानी दिन बाँकी रहेको भए सो रकम समेत उपलब्ध गराउन अनुुरोध गरेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo