काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा १२ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ । भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय ३ नम्बर प्रदेशको सहयोगमा पुष्प व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्धन गर्ने मुख्य उद्देश्यले यो प्रदर्शनी मेला सञ्चालन गर्न लागिएको हो ।
नजिकिंदो तिहार पर्वलाई मध्यनजर गर्दै यही कार्तिक १५ गतेदेखि १८ गतेसम्म जावलाखेलको खेलमैदान, ललितपुरमा विशेष कार्यक्रम गरी प्रदर्शनी सञ्चालन गर्न लागेको फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष मिन बहादुर तामाङले जानकारी दिएका छन् । गोदावरी फूललाई विशेष जोड दिन “रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि” भन्ने मूल नाराका साथ मेला सञ्चालन हुने तामाङले जानकारी दिए ।
मेलामा ४४ वटा व्यवसायीक स्टल, अफिस स्टल ३ वटा र प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ वटा गरी जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहने आयोजकले बताएका छन् । तिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।
प्रदर्शनीमा प्रवेश निशुल्क गरिएको छ भने बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मेलाको अवलोकन गर्न सकिने छ ।































प्रतिक्रिया