एजेन्सी । भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष गान्धीलाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) को दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिबिआईका निर्देशक अलोक कुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शन गरेको थियो । सरकारले बर्मा र सिबिआईका विशेष निर्देशक राकेश अस्थानाबीच विवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको थियो ।
अस्थानालाई सिबिआईले घुस लिएको भन्दै अभियोग लगाएको छ । तर विपक्षी दलले फ्रान्सबाट लडाकु विमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन शुरु गरेपछि सरकारले बर्मामाथि कारवाही गरेको जनाएको छ ।































प्रतिक्रिया