काठमाडौँ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टलाई बर्खास्त गरिएको छ । "/>

यस्ता छन् एसपी विष्टलाई बर्खास्त गर्नु पर्ने १४ वटा कारण

यस्ता छन् एसपी विष्टलाई बर्खास्त गर्नु पर्ने १४ वटा कारण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टलाई बर्खास्त गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको हो। विष्ट तत्कालीन प्रहरी प्रमुख हुन् भने भट्ट वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरका प्रमुख हुन् । गृहमन्त्रालयले उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम सेवाबाट बर्खास्त गरेको हो ।

गृहमन्त्रालयले विष्ट र भट्टराई बर्खास्त गर्नुको कारण समेत दुई पेज लामो विज्ञप्तिमा दिएको छ । यस्तो छ विष्ट र भट्ट बर्खास्त गर्नुका १४ कारण : 

-निर्मलाको बलात्कारपछि हत्या काण्डको प्रारम्भिक अनुसन्धानमा चरम लापरबाही गरेको, 
-पीडितका आफन्त र सरोकारवालाबाट प्राप्त गुनासोको उचित सम्बोधन गर्न नसकेको, 
-प्रमाण लोप गरेको, 
-घटनामा सम्बन्धित जिल्ला प्रमुखले सन्दिग्ध भूमिका खेलेको, 
-स्थलगत अध्ययन गर्दा चरम लापरबाही गरेको, 
-गैर व्यवसायिक र गैर जिम्मेवारीपूर्ण व्यवहार गरेको, 
-अनुसन्धानका सामान्य कानुनी व्यवस्था समेत पालन नगरेको, 
-तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको, 
-बलत्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको, 
-गुप्ताङग र तिघ्रा पखालेको, 
-तत्काल नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइएको, 
-मृतकको शव अन्त्यष्टी गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको, 
-सुरक्षा कारबाहीका सिलसिलामा “Gradual Response and use of minimum force” (कम बल प्रयोग गर्ने सिद्धान्त नअपनाएको)  
-प्रहरीको व्यवहार र कार्यशैलीका कारण आम नागरिक तथा पीडित परिवारका सदस्य विश्वस्त हुन नसकेको। 

अन्नपूर्णबाट

Logo