काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ । "/>

तीन वटा रेल सेवाको सर्भेक्षण हुँदै

तीन वटा रेल सेवाको सर्भेक्षण हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताउनुभएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उहाँले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । महासचिव यचुरीले नेपालको विकास, ऊर्जा र पयर्टनका सम्भावनाका बारेमा राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले विद्युत उत्पादनलाई प्राथमिकतामा राखिएको तथा सौर्य ऊर्जा, जीओ थर्मल र गुरुत्व आकर्षणबाट विद्युत उत्पादन गर्ने प्रक्रिया पनि अघि बढेको बताउनुभयो ।

सो अवसरमा भाकपा (माक्र्सवादी) का केन्द्रीय सदस्य जोगेन्द्र शर्मा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपाका केन्द्रीय सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र विष्णु रिजाल सहभागी हुनुहुन्थ्यो ।
रासस

Logo