- लास वेगासका कुर्ट ओसबर्न आफ्नो गिनीज वल्र्ड रेकर्ड तोड्नको लागि ४६६७ किमीको दूरी तय गर्नेछ ।
- १२ अक्टोबरमा रेकर्ड रेस सुरु भएको थियो, अहिलेसम्म ८०४ किलोमिटर लामो दूरी पार गरेका छन् ।
लस भेगास, आफ्नो गिजीज वल्र्ड रेकर्डको तोड्न अमेरिकका ४९ वर्षीय साइक्लिस्ट कुर्ट ओसबर्न ४५ दिनसम्म एउटा चक्कामा साइकिल चलाउनेछन् । यस समयमा उनी क्यालिफोर्नियाबाट फ्लोरिडा सम्म यात्रा तय गर्नेछन् । ओसबर्नले १२ अक्टोबरमा आफ्नो रेकर्ड रेस सुरु गरेका थिए । उनी एरिजोनास्थित टकसन आइपुगेका छन् । जो क्यालिफोर्नियाको सान्टा मोनिका पिएरबाट ८०४ किलोमिटर छ ।
फ्लोरिडाको कोकोआबीच सम्म साइकल चलाउनेछन्ः
ओसबर्नका अनुसार उनको यो यात्रा फ्लोरिडाको कोकोआ बिचमा पुगेर समाप्त हुनेछ । क्यालिफोर्निया देखि फ्लोरिडासम्मको कुल दुरी २९०० माइल (४६६७ किलोमिटर) छ । आफ्नो गिनीज वल्र्ड रेकर्ड तोड्न यस पटक साइक्लिङ गरेको ओसबर्न बताउँछन् । यसमा पाउने पुरस्कारको रकम असक्षम बालबालिकाहरुलाई सहयोग गर्ने उनको योजना छ ।
विश्व रेकर्ड दुई पटक बनाइसकेकाः
१. ओसबर्नका अनुसार सबैभन्दा पहिले १९९८ मा उनको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड गरिएको थियो । त्यस समयमा, क्यालिफोर्नियाको एनेम कन्वेंशन सेन्टरमा ११ घण्टाको लागि लगातार साइक्लिङ गरेका थिए ।
२. उनले १९९९ मा एउटा चक्कामा साइकल चलाएर क्यालिफोर्नियाबाट ओरलैंडोसम्मको दूरी तय गरेका थिए । ओसबर्नले यो यात्रा ७५ दिनमा पुरा गरेर विश्व रेकर्ड बनाइदिएका थिए । ओसबर्नका अनुसार अब उनी ४५ दिनमा क्यालिफोर्नियाबाट फ्लोरिडासम्मको यात्रा पुरा गरेर आफ्नो पुराना विश्व रेकर्ड तोड्न चाहन्छन् ।





























प्रतिक्रिया