हामीले धेरै सुन्दै र पढ्दै आएका छौं । साहित्यकारहरुले पनि चन्द्रमालाई लिएर अनेक रचनाहरु रच्दछन् । उनीहरु चन्द्रमा हामीसँगै छ कि जस्तो गर्छन् । तर चीनको आकाशमा भने अब उसको आफ्नै चन्द्रमा बन्ने भएको छ । चीनको एक कम्पनीले घोषणा गरे अनुसार उसको आकाशमा अब प्रत्येक रात पुरा चन्द्रमा देख्न सकिने छ ।
कम्पनीका अनुसार उसले एक नक्कली चन्द्रमा आफ्नो आकाशमा पठाउन लागेको छ । जसको कारणले चीनको आकाश प्रत्येक रात चाँदनी रात हुनेछ । चीनको पत्रिका पीपल्स डेलीका अनुसार चेगडु गाउँमा स्थित एक नीजि एयरोस्पेस संस्थानका अधिकारिले सन् २०२० सम्म पृथ्वीमा एक चमकदार सेटेलाइट छोड्ने योजना बनाएको बताएका छन् । उक्त सेटेलाइटका कारण स्ट्रीट लाइट राख्नुपर्ने आवश्यकता नहुने उक्त कम्पनीको दावी छ ।
यो खबरले वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् । अहिले सम्म यस योजनाका बारेमा धेरै जानकारीहरु सार्वजनिक गरिएको छैन् । जति बाहिर आएका छन् त्यसमा पनि धेरैका तर्क र वितर्कहरु रहेका छन् ।
चेन्गडु एयरोस्पेस साइन्स इन्स्टिट्यूट माइक्रोइलेक्ट्रोनिक सिस्टम रिसर्च इन्स्टिट्यूट चेयरमेन वु चेनफेंगका अनुसार चीनले सन् २०२३ भित्र ३ वटा सेटेलाइट पृथ्वीमा छोड्नेछ । तर कुनै पनि रिपोर्टमा सरकारी हात छ वा छैन भन्ने कुरा बताइएको छैन् ।
चाइना डेलीका अनुसार नक्क्ली चन्द्रमा एक शिसाको जसरी काम गर्नेछ । जसले सूर्यको प्रकाश प्रतिबिम्वित गरेर धर्तीमा पठाउँछ । यो धर्ती भन्दा ५०० किमी टाढा रहनेछ । रिपोर्टमा उक्त चन्द्रमा कस्तो प्रकारको छ भन्ने कुरा बताइएको छैन् । तर उक्त नक्कली चन्द्रमाले वास्तविक चन्द्रमाको भन्दा १० गुणा धेरै प्रकाश दिनेछ । उक्त चन्द्रमाको प्रकाश नियन्त्रण पनि गर्न सकिने बताइएको छ ।
नक्कली चन्द्रमाको प्रयोगले गर्दा सडक साथै अन्य ठाउँमा प्रयोग हुने बत्तीको समस्या रहनेछैन् । भुकम्प आदि जस्ता विभिन्न प्राकृतिक प्रकोपहरु आएर पनि कुनै क्षति हुनेछैन् । यसको प्रयोग गर्न सहज नभए पनि बिस्तारै सहज हुँदै जाने डाक्टरहरुको भनाई छ । निश्चित स्थानमा प्रकाश दिनको लागि निश्चित स्थान चुनेर राख्नुपर्ने भएकोले कहाँ र कसरी राख्दा प्रकाश उक्त ठाउँमा जान्छ भन्ने कुरामा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
चीनका सोसल मिडियाहरुमा नक्कली चन्द्रमाको कारणले त्यसको प्रभाव प्रकृति र जनावरमा पर्ने हुनाले उचित नहुने तर्क पनि गर्दै आईरहेका छन् । राती सुत्ने जनावरहरुमा त झनै यसले असर गर्ने बहस चलिरहेको छ । चीनमा पहिले देखि नै प्रकाशमा विभिन्न समस्याहरु भएको र यसले झनै नकारात्क प्रभाव बढाउने उनीहरुको तर्क छ ।
यो पहिलो प्रयास भने पक्कै होइन । यो भन्दा अगाडि पनि रुसले यो काम गरेको थियो तर परिक्षणमा सफल भने हुन सकेन् । त्यसपछि पनि नाम्याले यस्तै सेटेलाइट बनाउने प्रयास गरेका थिए तर यो पनि सफल हुन सकेको थिएन ।





























प्रतिक्रिया