भरतपुर

‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा । "/>

खाऊँ किरा, नखाऊँ भोकै : राजमार्गका होटलको चरम लापरवाही

खाऊँ किरा, नखाऊँ भोकै : राजमार्गका होटलको चरम लापरवाही

केन्द्रबिन्दु
0
Shares

भरतपुर

‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा ।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए । उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए ।

राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन् । राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन् । तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरेको पाइएको छ ।

लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगर लगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन् । तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन । ‘भोकाएको बेला सुरूमा त सरासर खाएँ’, नेपालीले भने, ‘थप खाना माग्दा किरै देखियो ।’ यस्ता होटलले यात्रुको स्वास्थ्य माथि खेलवाड गरेको भन्दै प्रशासनले कारबाही गर्नुपर्ने उनले बताए ।

चालकलाई होटलद्वारा कमिसन

मुख्य राजमार्ग क्षेत्रका होटलमा बस रोके बापत चालकसहितको समूहलाई होटल सञ्चालकले कमिसन दिने गरेका छन्। होटलमा धेरै ग्राहक तान्न उनीहरूले प्रतिबस एक हजार देखि पच्चीस सय रूपैयाँसम्म कमिसन दिने गरेका छन् ।

प्रत्येक बस चालकलाई एक हजार पाँच सय रूपैयाँ कमिसन दिने गरेको इच्छाकामना ४ लेवाटारस्थित होटल एन्ड खाजा घरका सञ्चालक इन्द्रबहादुर आलेमगरले स्वीकारे । ‘चालकलाई कमिसन नदिए व्यवसाय ठप्प हुन्छ’, उनले भने, ‘नदिऊँ भन्दा कोही मान्दैनन् । एक्लैले रोकेर हुँदो रहेनछ । भत्ता नदिई सुखै छैन ।’ आलेले केही समय कमिसन नदिँदा होटलमा गाडी नै नरोकेपछि पुनः दिन बाध्य भएको उनले सुनाए ।
अन्नपूर्णबाट

Logo