काठमाडौं

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) लाई वैधानिकता दिने भएको छ । "/>

अन्ततः नेकपाले आधिकारिकता पाउने

अन्ततः नेकपाले आधिकारिकता पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) लाई वैधानिकता दिने भएको छ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि राखिएको नयाँ नामको पार्टीले वैधानिकता पाउने भएको हो ।

आयोगमा यसअघि नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेकाले दलको नाम जुधेको भन्दै विवाद भएको थियो । पाँच वर्ष अघि ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टी नामको दल आयोगमा दर्ता गरेका थिए । दुई पार्टी एकीकरणपछिको नाम नेकपा नै राखेर दर्ता भएपछि विवाद भएको थियो ।

एकै नामका दुईवटा पार्टी दर्ता गर्न नमिल्ने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर आयोगमा नयाँ पार्टीको नाम आयोगमा दर्ता गरिएको थियो । गत जेठमा दर्ता भएको नेकपा आफ्नो पार्टीको नामसँग जुधेको भन्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका थिए ।

आयोगले कोस्टमा नाम राखेपछि फरक हुने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गरेको थियो । अघिल्लो दर्ता नेकपाका अध्यक्ष कट्टेलको निवेदन माथि बुधबार आयोगमा त्रिपक्षीय छलफल भएको थियो । छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरू, नेकपाका तर्फबाट मुक्ति प्रधान र अधिवक्ता बाबुराम दाहाल आयोगमा उपस्थित थिए । त्यसैगरी नेकपाका ऋषि कट्टेल सहित अधिवक्ता छलफलमा सहभागी भएका थिए ।
नागरिकबाट

Logo