काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउन भत्काइएका उपत्यकाका भित्री सडकको मर्मत तत्काल सुरु गरिने भएको छ । "/>

मेलम्ची आयोजनाले भत्काएका सडकको मर्मत तत्काल सुरु गरिने

मेलम्ची आयोजनाले भत्काएका सडकको मर्मत तत्काल सुरु गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउन भत्काइएका उपत्यकाका भित्री सडकको मर्मत तत्काल सुरु गरिने भएको छ ।

मेलम्ची खानेपानी आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार पानी वितरणका लागि नयाँ पाइप बिच्छ्याउने क्रममा ७० किलोमिटर सडक भत्काएको छ । ‘पाइप बिच्छ्याउनेक्रममा भत्काइएका भित्री सडकको मर्मत तत्काल सुरु गर्दै छौँ,’ निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले भने ।

त्यस्तै मूल सडकको मर्मतको काम भने आयोजनाले नगर्ने जनाएको छ । पाइप बिच्छ्याउने क्रममा भत्काइएका काठमाडौं, भक्तपुर र ललितपुरका मूल सडकको मर्मत सडक विभागले गर्ने ढकालले बताए । मेलम्ची आयोजनाले काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि पाइप बिच्छ्याउँदा अधिकांश सडक भत्काएको छ । भत्काइएका सडक समयमै मर्मत नहुँदा यात्रु र स्थानीयले सास्ती खेप्नुपरेको छ ।

यसैविच मूल सडक भत्काउँदा मेलम्ची खानेपानी आयोजनाले ८५ करोड जरिवाना तिर्नुपर्ने भएको छ । निर्देशनालयका प्रवक्ता ढकालले ३ वर्ष भित्र जरिवाना बापतको रकम तिरिसक्ने बताए । यसवर्ष सडक विभागलाई क्षतिपूर्तिबापत ३० करोड बुझाइसकेको उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo