काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको छ । असोज २१ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा नेविसंघमा ३२ बर्षे उमेरहद तोकेपछि शीर्ष नेतृत्वबीच मनमुटाव बढ्दै गएको छ । "/>

शीर्ष नेतृत्व बीच मनमुटाव बढ्दै गएपछि कांग्रेस बैठक अनिश्चित

शीर्ष नेतृत्व बीच मनमुटाव बढ्दै गएपछि कांग्रेस बैठक अनिश्चित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको छ । असोज २१ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा नेविसंघमा ३२ बर्षे उमेरहद तोकेपछि शीर्ष नेतृत्वबीच मनमुटाव बढ्दै गएको छ । फलस्वरूप असोज २५ मा बोलाइएको बैठक समेत स्थगत भएको थियो ।

दसैं लगत्तै बैठक गर्ने बताए पनि कांग्रेसले अझै त्यसको टुंगो लगाउन सकेको छैन । बैठक भइहाले पनि सभापति शेरबहादुर देउवा इतरका नेताले बहिष्कार गर्ने चेतावनी दिएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असोज २१ को बैठकमा नोट अफ डिसेन्ट लेखेर विरोध जनाएका थिए ।

उनीहरू नेविसंघले सर्वसम्मत तरिकाले पार्टीमा पेस गरेको विधान लागू हुनुपर्ने पक्षमा छन् । तर सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रस्तावलाई सभापति देउवाले बहुमतबाट पास गराएपछि वरिष्ठ नेता पौडेल, नेता सिटौला, सिंह र केसीले पछि बस्ने बैठकमै उपस्थित नहुने जनाउ दिएका थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार वरिष्ठ नेता पौडेल काठमाडौं फर्किएपछि पार्टीको बैठक गर्ने तयारी भइरहेको छ । पौडेल भारतका विभिन्न तीर्थस्थल भ्रमणमा छन् ।
अन्नपूर्णबाट

Logo