म्याग्दी
दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेडाच्यांग्रा निकासी भएको छ ।
यसवर्ष मुस्ताङका साथै डोल्पा, मुगु, जुम्लाका र छिमेकी देश चीनको तिब्वतस्थित झोङवासेन जिल्लाबाट व्यापारीले खरिद गरेर ल्याएको भेडाच्यांग्रा मुस्ताङबाट म्याग्दी हुँदै बाहिरिएको घाँसा प्रहरी चौकी मुस्ताङका प्रहरी सहायक निरीक्षक गोपाल खत्रीले बताए ।
‘एकैपटक भेडाच्यांग्रा निकासीमा निकै समस्या भयो,’ उनले भने, ‘केही भेडाच्यांग्रा दसैं लगत्तै बाहिरिने तयारीमा छन् ।’ सडकमार्ग हुँदै बाहिरिएको भेडाच्यांग्रामा यसवर्ष १६ हजार चार सय च्यांग्रा र १० हजार ४५ भेडा रहेका छन् ।
गतवर्ष २२ हजार भेंडाच्यांग्रा निकासी भएको थियो । भेडाको तुलनामा च्यांग्राको मासु स्वादिलो हुने भएकाले पनि बजारमा खपत धेरै हुने काठमाडौंका व्यवसायी पशुपती सिलवालले बताए । ‘विगतमा भन्दा धेरै सास्ती खेप्नुपर्यो, उनले भने, ‘मुस्ताङ बाहिरका धेरै भेडाच्यांग्रा छन् ।’ गत वर्षहरुमा भन्दा यस वर्ष विभिन्न ठाउँमा कर तिर्न पर्ने भएकाले भेंडाच्यांग्रा महंगो भएको व्यापारीको भनाइ छ ।
२२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्यांग्रालाई व्यापारीले किसानबाट १७ हजारदेखि २४ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए । उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेर, सुर्खाङ, घमी, चर्राङ, छोन्हुप क्षेत्रमा पालेका भेंडाच्यांग्रा बजारमा पुगेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया