काठमाडौँ
महाशाखा प्रमुख एसएसपी वसन्त पन्तका अनुसार वडादसैँ मनाउन बाहिरिएका मध्ये मंगलबार साँझ सम्म ३ लाख ५२ हजार ८ सय ८७ यात्रु फर्किएका छन् ।
महाशाखाका अनुसार दसैँ मनाउनका लागि दशमीको दिन बिहान सम्ममा करिब २५ लाख यात्रु बाहिरिएका थिए । त्यसो त दसैँ मनाउन काठमाडौं आउने यात्रु पनि थिए । काठमाडौंमा दसैँ मनाउन करिब १० लाख यात्रु बाहिरबाट आएको महाशाखाले जनाएको छ ।
थोरै यात्रु मात्र काठमाडौं आएकाले अझै २–३ दिनसम्म सवारी र यात्रुको चाप बढ्ने अनुमान ट्राफिक प्रहरीको छ । ‘आइतबारको तुलनामा सोमबार १० प्रतिशत र सोमबारको तुलनामा मंगलबार १५ प्रतिशत यात्रु र सवारीसाधनको चाप बढेकाले अझै २–३ दिन यो प्रतिशत बढ्छ,’ ट्राफिक प्रहरी प्रमुख एसएसपी पन्तले भने, ‘अहिले पनि ४० प्रतिशत मात्रै सवारीसाधन उपत्यका र बाहिर गुडेका छन्, ६० प्रतिशत गाडी थन्किएकाले कोजाग्रत पूर्णिमाको एक–दुई दिनसम्म चाप बढेर पहिलाको अवस्थामा पुग्ने हाम्रो अनुमान छ ।’
सोमबार सम्म प्रायः खाली देखिएका मुख्य र सहायक सडक तथा पसलहरू मंगलबारबाट खुल्नेक्रम सुरु भएको छ । सडकमा पनि सोमबारको तुलनामा मंगलबार गाडी र मानिसको चाप बढेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । सोमबारसम्म उपत्यकामा फाट्टफुट्ट मात्रै सवारीसाधन चले पनि मंगलबार कुल सवारीसाधनको ४० प्रतिशत जति चल्न सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया