लहान
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ । बा ८० प ७३०९ र ज ३ प ४५८८ नं. को मोटरसाइकल ठोकिँदा चालक मिर्चैया नगरपालिका–१० का ६० वर्षीय सुकदेव मण्डल र सोही मोटरसाइकलमा सवार ५० वर्षीय शिवलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिवलालको उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटामै र सुकदेवको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा पैदलयात्री ६७ वर्षीया हरिमाया दमिनी र बा ८० प ७३०९ नं. को मोटरसाइकलमा सवार उदयपुर, त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय सुशान्त दनुवारको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
रासस





























प्रतिक्रिया