काठमाडौं
प्रहरी संगठनको आलोचना भइरहेका बेला केही प्रहरीले अनुकरणीय काम गरेका छन् ।
निर्मला पन्त बलात्कार–हत्या प्रकरण, बलात्कार, आपराधिक क्रियाकलाप नियन्त्रण जस्ता विषयमा चुकेको जस्ता आरोप आइरहेका बेला काठमाडौंको म्हैपी प्रहरी वृत्तका प्रहरीहरूले त्यहाँ आउने मध्ये ८० प्रतिशत उजुरी आफैंले टुङ्ग्याउने गरेको पाइएको हो ।
उक्त वृत्तका प्रमुख प्रहरी सहायक निरीक्षक विचित्र मगरका अनुसार उक्त वृत्तमा दैनिक ५ देखि ६ वटा चोरी र लुटपाटका उजुरी आउनेछन् । ती मध्ये ८० प्रतिशत सोही वृत्तले नै टुङ्ग्याउने गरेकोे छ । झैझगडा, कुटपिट, लेनदेनका उजुरी आएमा त्यसमा मेलमिलाप गराउने गरिएको छ ।
उहाँले भन्नुभयो– ‘उजुरीको प्रकृति हेरेर त्यसको मूल्याङ्कन गर्छौं । कुनै उजुरी झुटो पनि हुनसक्छ । सबै पहिचान भएपछि कारबाही थाल्छौं ।’ आफूहरूले जनतालाई शान्ति सुरक्षा दिन गस्ती समेत बढाएको उहाँले जानकारी दिनुभयो । यस्तै गोंगबु प्रहरीले पनि बसपार्क क्षेत्रलाई भयरहित र शान्त बनाउन सामुदायिक सेवा केन्द्रसँग समन्वय गरेर काम गर्दै आएको जनाएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया