धरान
करिब ५ दशक अघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागि परेका छन् ।
इटहरीको कान्छीचोक हुँदै कोसी नदीमा बनेको नयाँ पुल निस्कने पक्की सडक २२ बिघे क्षेत्र भएर निर्माण भएपछि त्यहाँको जग्गा हत्याउन भूमाफिया सल्बलाएका हुन् । स्थानीय राजनीतिक नेतृत्वको पनि यसमा मिलेमतो रहेको स्रोतको दाबी छ । २०२७ सालमा नापी हुँदा २२ जनाको नाममा फिल्डमा जग्गा दर्ता भएको हुनाले उक्त क्षेत्र २२ बिघे नामले प्रसिद्ध छ । २२ बिघे भनिए पनि कुल जग्गाको क्षेत्रफल ३९ बिघा छ । स्रेस्ता कायम नभएको र पुर्जा पनि नबनेको उक्त जग्गालाई वनले आफ्नो दाबी गर्दै आएको छ ।
अहिले सोही जग्गा हत्याउन भूमाफिया र हकवाला जग्गाधनी भनिएका व्यक्तिबीच ८ बुँदे सहमति भएको सर्तनामा कागज फेला परेको छ । उक्त सर्तनामामा जग्गा छुट दर्ता सम्बन्धी काम गर्दा लाग्ने सम्पूर्ण खर्च दोस्रो पक्ष (भूमाफिया) ले बेहोर्ने र उक्त खर्चमा पहिलो पक्ष ( हकवाला जग्गाधनी) को कुनै दायित्व नरहने उल्लेख छ । जग्गा दर्ता गर्ने प्रयोजनका लागि कानुन व्यवसायी, वारेस लगायत खटाउँदा तथा जग्गादर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च पनि दोस्रो पक्षले बेहोर्ने र पहिलो पक्षको नाममा जग्गा दर्ता भई पुर्जा प्राप्त हुनासाथ ४५ प्रतिशत जग्गा दोस्रो पक्ष वा दोस्रो पक्षले देखाएको मानिसको नाममा सम्बन्धित अड्डामा गई रजिष्ट्रेसन पास गरिदिनुपर्ने उल्लेख छ ।
सहमतिमा हकवाला जग्गाधनीले सहीछाप गरेका छन् भने साक्षीमा चन्द्र मगर र बद्री राउतको नाम छ । मालपोतबाट स्रेस्ता कायम गराएर पुर्जा निकाल्न सफल नभएपछि भूमाफियाकै डिजाइन अनुसार हकवाला भनिएका मध्ये १६ जनाले उच्च अदालत विराटनगरमा रिट समेत दायर गरेका छन् । उनीहरुले मालपोत, नापी, वन लगायत कार्यालयलाई विपक्षी बनाएका छन् ।
नागरिकबाट





























प्रतिक्रिया