तौलिहवा

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजेपछि पुनः कर्फ्यू लगाएको छ । "/>

कृष्णनगरमा तनाब कायमै : ५ बजेपछि फेरि कर्फ्यू

कृष्णनगरमा तनाब कायमै : ५ बजेपछि फेरि कर्फ्यू

केन्द्रबिन्दु
0
Shares

तौलिहवा

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा साँझ ५ बजेपछि पुनः कर्फ्यू लगाएको छ । सोमबार बिहान ८ बजेदेखि दुई चरणमा हटाएको कर्फ्यू साँझ पुनः लगाएको हो ।

प्रशासनले सोमबार बिहान ८ बजे देखि १२ बजेसम्म र दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म दुई चरणमा कर्फ्यू हटाएको थियो । तर प्रशासनले साँझ ५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्म कर्फ्यू लगाएको हो ।

शनिबार देखि अशान्त बनेको भारतीय सीमावर्ती कृष्णनगरमा आइतबार साँझदेखि कर्फ्यू लगाइएको थियो । सोमबार बिहानदेखि कर्फ्यू हटाइएपछि त्यहाँको जनजीवन सामान्य बन्दै गएको भएपनि साँझ पुनः कर्फ्यू लगाइएको हो ।

प्रशासनका अनुसार कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरागाँउ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाइएको छ ।

दुर्गा पूजाका मूर्ती बिसर्जन गर्ने क्रममा शनिबार स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo