कपिलवस्तु
नेपाल-भारत सिमा नाका कपिलवस्तुको कृष्णनगर क्षेत्र तनावग्रस्त बन्दै गएको छ । शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक मुर्ती राखिदिएपछि एकाएक कृष्णनगर तनावग्रस्त बनेको हो ।
कृष्णनगरमा तनाव हुन नछोडेपछी कपिलवस्तु प्रशासनले आज साँझ ५ बजेदेखि कफ्र्यूृ आदेश जारी गरेको छ । हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलबस्तु प्रसासनले कर्फु लगाएको हो ।
अहिले पनि कृष्णनगरमा हिन्दु धर्मालम्बी र मुस्लिम समुदायबीच दोहोरो ढुंगा हानाहान भइरहेको छ । जिल्लाको शान्ति सुरक्षा कायम गर्न साझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।





























प्रतिक्रिया