काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुम्बईमा लक्षचण्डी यज्ञमा सहभागी भएका छन् । श्री शिवशक्ति शाहुलेश्वरानंद फाउन्डेशनले आयोजना गरेको यज्ञमा सहभागी भएका हुन् । "/>

जब पूर्वराजा ज्ञानेन्द्र मुम्बईमा लक्षचण्डी यज्ञमा सहभागी भए

जब पूर्वराजा ज्ञानेन्द्र मुम्बईमा लक्षचण्डी यज्ञमा सहभागी भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले मुम्बईमा लक्षचण्डी यज्ञमा सहभागी भएका छन् । श्री शिवशक्ति शाहुलेश्वरानंद फाउन्डेशनले आयोजना गरेको यज्ञमा सहभागी भएका हुन् ।

लक्षचण्डीमा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमलसहित मुम्बई पुगेका थिए । पूर्व राजा शाहले यज्ञको पाँचौँ दिन आइतबार सहभागिता जनाएका हुन् । उनलाई राहुलेश्वरानंदसहितले यज्ञमा स्वागत गरेका थिए ।

शारदीय नवरात्रका अवसरमा असोज २४ गतेदेखि आयोजित उक्त यज्ञ कात्तिक १ मा समापन हुनेछ । श्री शिवशक्ति राहुलेश्वरानंद फाउन्डेशन तथा त्यसका प्रमुखको निमन्त्रणमा पूर्व राजा, पूर्व रानी, पूर्व युवराज्ञी हिमानी र उनका छोरा हृदयेन्द्र यज्ञमा सहभागी हुन मुम्बई पुगेको हुन् ।

 

Logo