रुकुम

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्मामा ५४ घरधुरीको बस्ती छ । "/>

अक्षता बनाउने चामल त छैन , के दशैं मनाउनु ?

अक्षता बनाउने चामल त छैन , के दशैं मनाउनु ?

केन्द्रबिन्दु
0
Shares

रुकुम

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–२, पेल्मामा ५४ घरधुरीको बस्ती छ । बजार क्षेत्रबाट यहाँ पुग्न पैदल चार घन्टा लाग्छ । करिब दुई दिन पैदल यात्राबाट प्रस्तावित सदरमुकाम रुकुमकोट पुग्न सकिन्छ । दसैं नजिकिँदै गर्दा यहाँ पनि चहलपहल बढेको छ । काम विशेषले गाउँभन्दा बाहिर गएकाहरु आउने क्रम जारी छ ।

दसैंको रौनकसँगै यहाँ पीडा पनि लुकेको छ । खाद्य संस्थानले समयमै चामल ढुवानी गर्न नसक्दा यहाँ खाद्य अभाव देखिएको छ । ‘एक महिना पुग्यो, घरमा चामल छैन,’ स्थानीय भरत पुनले भने, ‘दसैंमा टीका लगाउने चामल समेत छैन ।’ बजार टाढा भएको र संस्थानले समयमै चामल नपठाउँदा घरमा चामल सकिएको उनले बताए । यहाँका अर्का स्थानीय मानसिंह बुढाको पीडा पनि उस्तै छ । उनको घरमा पनि ६ महिना देखि चामल छैन । जिल्लाको सबैभन्दा विकट बस्ती पेल्माका भरत र मानसिंह जस्तै यहाँ सिंगो गाउँमा नै चामल अभाव छ ।

दसैंमा चामल नहुँदा यहाँका बासिन्दाले सरकारसँग चामलको माग गरेका छन् । ‘चामल आएन भने टीका लगाउनै समस्या हुन्छ,’ मानसिंहले भने, ‘जसरी पनि खाद्य संस्थानको चामल चाहिन्छ ।’ दुर्गम भनेर राज्यले समयमै चामल पु¥याउन नसकेको उनले बताए । यहाँ धान उत्पादन कम हुने गर्छ। ‘लगाएको थोरै पनि धान नपाक्दा समस्या छ,’ उनले भने, ‘बारीको पनि छैन, सरकारी चामल पनि आएन ।’ ‘कसैको घरमा पनि एक मुठ्ठी चामल छैन,’ भरतले भने, ‘चामल अभाव भएपछि दसैंमा टीका केले लगाउने भन्ने चिन्ता परेको छ ।’

गाउँपालिकाबाट समेत सिफारिस गरेर खाद्य डिपोका लागि केन्द्र तथा प्रदेश सरकारसमक्ष माग गरिएको भए पनि कुनै सुनुवाइ भएको छैन । ढुवानी समस्याका कारण रुकुम पूर्वमा चामल पठाउन नसकिएको निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए । ढुवानी समस्याका कारण गाउँका कसैको घरमा चामल नभएको वडाध्यक्ष सतसिंह बुढाले बताए । भौगोलिक विकटताका कारण बजार पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यताका कारण कसैले चामल नल्याएको उनको भनाइ छ ।
नागरिकबाट

Logo