काठमाडौं
कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्र बास्तोलाको निधनमा शोक व्यक्त गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ । मस्तिष्कघात भई ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलको शनिबार ललितपुरको खुमलटारस्थित निवासमा निधन भएको थियो ।
उनको निधनपछि आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो । २८ देखि ३० असोजसम्म पार्टी केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झन्डा आधा झुकाउने तथा शोक, श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गर्ने निर्णय कांग्रेसले गरेको छ । १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ ।
श्रद्धाञ्जलीका लागि बास्तोलाको शव आइतबार दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । त्यहाँ पार्टी सभापति शेरबहादुर देउवाले बास्तोलाको शवमा पार्टीको झन्डा ओढाए । सानेपामा श्रद्धाञ्जलीपछि पशुपतिस्थित आर्यघाटमा बास्तोलाको दाहसंस्कार गरिएको थियो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया