ओखलढुङ्गा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्ने अवस्था आउने बताएका छन् । "/>

खिल्ली नउडाउनुस, २ वर्ष भित्रै रेल चढ्दा छक्क पर्नुहोलाः ऊर्जामन्त्री

खिल्ली नउडाउनुस, २ वर्ष भित्रै रेल चढ्दा छक्क पर्नुहोलाः ऊर्जामन्त्री

केन्द्रबिन्दु
0
Shares

ओखलढुङ्गा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्ने अवस्था आउने बताएका छन् । ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को शनिबार उद्घाटन गर्दै मन्त्री पुनले वर्तमान सरकारले जनताको चाहना अनुसार काम गरिरहेको दाबी पनि गरे ।

उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्ष भित्रै रेल चड्न पाउने आश्वासन पनि दिए । ‘ठूला र आवश्यकता देखिएका योजनाहरु सरकारले अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्न अब बेर लाग्दैन,’ मन्त्री पुनले भने, ‘अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ, विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ ।’

मन्त्री पुनले अबको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको उनको भनाइ थियो । ‘अबको १० वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गरेर विद्युतमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ,’ मन्त्री पुनले भने, ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयर धनी भन्ने लक्ष्य अनुसार काम भइरहेको छ ।’
नागरिकबाट

Logo