काठमाडौं
उपप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य र्इश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको दावी गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टी भित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको बताए । उनले नेता गौतमलाई सांसद बनाउने विषय मुलुकमा अस्थिरता पैदा गर्ने गरी षडयन्त्रमूलक ढंगले आएकाले आफूले त्यस्ता गतिविधिको आलोचना गर्नु परेको बताए ।
दसैं, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वको अवसर पारेर शनिबार आयोजित चियापान कार्यक्रममा संचारकर्मी माझ संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई स्वभाविक ढंगले अघि बढाउन बाधक हुने गरी आउने कुनै पनि गतिविधि विरुद्ध एक्लै भएपनि आफू उभिने बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया