काठमाडौँ
नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको मृत्यु भएको छ । बास्तोलाको शनिबार दिउँसो खुमलटारस्थित निवासमै निधन भएको हो ।
नेपाली कांग्रेस मुख्यालय सानेपाले दिएको जानकारी अनुसार उनको दाह संस्कार भोलि आइतबार गरिने छ ।
बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए । बास्तोला पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपाली पूर्वराजदूत, कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्।
१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोला बेहोस भएका थिए ।





























प्रतिक्रिया