स्याङ्जा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पाँच वर्ष भित्र सुकुम्बासी समस्याको समुल अन्त्य हुने बताएकी छन् ।
शुक्रबार मालपोत कार्यालय वालिङको भवन शिलान्यास तथा मालपोत कार्यालय अनलाइन सेवाको उद्घाटन गर्दै उनले भनिन्, ‘भूमि व्यवस्थापन ऐन छिट्टै संशोधन हुदैछ, ऐन निर्माणसँगै कोही सुकुम्बासी हुनुपर्ने छैन ।’ सार्वजनिक जग्गा माथि कसैले कड्के नजर नलगाउन उनले चेतावनी दिइन् । ‘सुकुम्वासीको नाममा सार्वजनिक जग्गा हडप्ने चलखेल भैरहेको छ,’ उनले भनिन्, ‘सरकार त्यो दुष्प्रयासको समुल अन्त्य गर्दैछ । सार्वजनिक जग्गा, गुठीलाई प्राधिरकणमा लैजाने उनले दाबी गरिन् ।
मालपोत कार्यालयको नाङ्लो फरामको अन्त्यसँगै बिचौलियाको दिन गएको उनले दाबी गरिन् । उनले भनिन्, ‘लेखापढीको नाममा बिचौलियाको दिन गयो, मालपोत र नापी उदाहरणीय कार्यालय बन्नेमा विश्वस्त छौं ।’ कर्मचारी राष्ट्रको स्थायी सरकार भएकोले जनताले महसुस हुने खालको सेवा दिन उनले कर्मचारीहरुलार्इ निर्देशन समेत दिइन् । उनले भनिन्, ‘जनतालाई सेवा दिँदा र्याल चुहाउन पर्दैन, कर्मचारीको मूल्याङ्कन राज्यले गर्नेछ ।’
नागरिकबाट





























प्रतिक्रिया