काठमाडौं
प्रदेश ५ सरकारले पूर्व–पश्चिम राजमार्गलाई सुन्दर बनाउन बिरुवा रोप्ने कार्यक्रम ल्याएको छ । स्थानीय पालिकाहरू मार्फत राजमार्ग छेउछाउमा बिरुवा रोप्न प्रदेश सरकारले एक करोड २० लाख अनुदान दिने व्यवस्था गरेको छ ।
प्रदेशमा भएको पूर्व–पश्चिम राजमार्गको सौन्दर्यीकरण गर्न दुवैतर्फ बिरुवा रोप्न प्रतिबिरुवा एक सय रुपैयाँ अनुदानका रूपमा स्थानीय पालिकालाई उपलब्ध गराइने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलका अनुसार त्यसरी रोपेको बिरुवा हुर्काएपछि पालिकाहरूले थप अनुदान पाउने व्यवस्था समेत गरेको छ ।
कम्तीमा ४० हजार बिरुवा रोपिने
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले स्थानीय तहसँग समन्वय गरी राजमार्ग किनारमा बिरुवा रोप्ने कार्यक्रम अघि बढाउने बताए । उनका अनुसार एउटा बिरुवा रोप्दा सय रुपैयाँ र त्यसलाई हुर्काउँदा थप दुई सय रुपैयाँ अनुदान दिइने गरी कार्यक्रम अगाडि सारिएको छ । राजमार्गमा यात्रा गर्दा रमणीय देखियोस् र वातावरणमा समेत सकारात्मक प्रभाव पारोस् भनेर यो कार्यक्रम अगाडि सारिएको भन्दै उनले बिरुवा रोप्दा राजमार्गको दुवै किनारमा क्रमबद्ध रूपमा रोपिने बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया