डा. बाबुराम भट्टराई । हाम्रो अमेरिका भ्रमण अत्यन्त उपलब्धिमुलक र सफल रहेको हामीले अनुभूति गरेका छौं। नेपालमा विकास र समृद्धिको नयाँ चरणमा हामी प्रवेश गरिरहेको सन्दर्भमा विभिन्न देशका अनुभवहरु के छन्, त्यसबाट सिक्ने हाम्रो लक्ष्य हो। "/>

बाबुरामले यसरी व्यक्त गरे एक महिने अमेरिका अनुभव

बाबुरामले यसरी व्यक्त गरे एक महिने अमेरिका अनुभव

केन्द्रबिन्दु
0
Shares

डा. बाबुराम भट्टराई । हाम्रो अमेरिका भ्रमण अत्यन्त उपलब्धिमुलक र सफल रहेको हामीले अनुभूति गरेका छौं। नेपालमा विकास र समृद्धिको नयाँ चरणमा हामी प्रवेश गरिरहेको सन्दर्भमा विभिन्न देशका अनुभवहरु के छन्, त्यसबाट सिक्ने हाम्रो लक्ष्य हो।

त्यसैले हामीले यूरोपपछि अमेरिकाको भ्रमण गर्यौं। अमेरिकामा पनि केही विशेष ठाउँहरुमा हामी गयौं, जहाँ गएपछि अमेरिकालाई बुझ्न सकियोस् । अमेरिका संसारमा ज्ञान उत्पादनको मुख्यकेन्द्र पनि बनेको छ ।

त्यहाँका राम्रा विश्वविद्यालयहरुमा पुगेर विचारक र चिन्तकहरुसँग पनि अन्तर क्रिया गर्यौं । र, त्यहाँ गएर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरुका अनुभव पनि सुनौं भन्ने हाम्रो सोच थियो । यी काम सफलतापूर्वक गर्न सकियो । यस दृष्टिले हाम्रो भ्रमण सफल रह्यो।

भ्रमणको क्रममा हामी अमेरिकाका पूर्व–पश्चिम, उत्तर–दक्षिणका चार ठाउँमा जानेक्रममा सबैभन्दा पहिला हामी दक्षिणी भेग टेक्सस गयौं । जहाँ हयुस्टन स्पेश अन्तरिक्ष केन्द्र छ।मानव जातिले चन्द्रमामा पहिलोपटक पदार्पण गरेको र त्यसलाई नियन्त्रण गरेको ठाउँ । त्यसलाई विकासको बिम्बात्मक ढंगले पनि अनुभूति गर्ने मेरो चाहना थियो।

त्यसपछि हामी उत्तरमा गयौं मिनिसट्टा । उक्त ठाउँ कृषिको विकास र कृषि विश्वविद्यालयका लागि चर्चित छ।त्यहाँ हामीले कृषिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्ययन गर्यौं । त्यसपछि हामी पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको केन्द्र मानिने क्यालिफोर्निया गयौं।

सिलिकन भ्याली रहेको उक्त क्षेत्रमा पुगेर हामी ले गुगल, फेसबुक, ट्वीटरलगायतका केन्द्रहरुको अवलोकन गर्यौं । क्यालिफोर्निया शिक्षाको लागि पनि निकै विकसितमा निन्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियामा पुगेर हामीले त्यहाँको शिक्षा पद्धति, प्रणालीबारे अवलोकन गर्यौं ।

सिनेमा उद्योगको केन्द्रमा नि नेलसएञ्जेल्स पुगेर सिनेमाको पछिल्लो प्रविधिको बारेमा हामीले अवलोकन गर्यौं । नजिकै रहेकोको लोराडोमा बनेको हुभरड्यामको अवलोकन गर्यौं।त्यो २० औं शताब्दीको सबैभन्दा ठूलो बिजुलीको केन्द्र थियो । ठूला पूर्वाधारको विकास गरेर नै अमेरिकाको आजको विकास सम्भव भएको हामीले अनुभूत गर्यौं।

त्यसपछि हामी अमेरिकाको दक्षिणी भेग न्यूयोर्क, वासिंग्टन डिसी, बोस्टनको अवलोकन गर्यौं।यी क्षेत्रहरु संसारमा ज्ञान उत्पादनका लागि चर्चित छ।त्यहाँका विभिन्न विश्वविद्यालयहरुमा पुगेर प्राध्यापक, नोबेल पुरस्कार बिजेताहरु, अर्थशास्त्रीहरुसँग हामीले अन्तरक्रिया गर्यौं।यसले पछिल्लो समयको अर्थशास्त्रीय विकास बुझ्न धेरै मद्दत पुग्यो।

यसका साथै अमेरिकामा रहेका नेपालीहरु जो विभिन्न व्यवसाय, विश्वविद्यालय, अनुसन्धानमा संलग्नहुनुहुन्छ, उहाँहरुसँग पनि भेटघाट, छलफल र अन्तक्र्रिया गर्यौं।नेपालको विकासका निम्ति उहाँहरुको के योगदान हुनसक्छ ? लगायतका विषयहरुमा उहाँहरुसँग गहन छलफल भयो ।

समग्रमा, यस भ्रमणमा हामीले मुख्यतःपछिल्लो ज्ञान कहाँ पुगेको छ ? विज्ञान र प्रविधिको विकास कहाँ पुगेको छ ? त्यसलाई बुझ्ने र त्यसबाट नेपाल जस्तो अल्पविकसित देशहरुले विकासका निम्ति के गर्नसक्छ भन्नेबारेमा हामीले चिन्तन मनन गर्यौं । किन भने, पछिल्लो समय के मा निन्छ भने मानवजातिको विकास विचारको संसर्ग अर्थात्सेक्स अफ आइडियाज्अर्थात्वि भिन्न विचारहरुको सम्मिलनबाट नयाँ विचार पैदा हुन्छ र हाम्रो सभ्यताको विकास हुन्छ भन्ने एउटा सोच पनि अगाडि आएको छ।

त्यसैले बुद्ध दर्शनलगायत पूर्विया दर्शनमा भएका विचार र पश्चिमा आधुनिक सभ्यतामा भएका विचारका विकासको उचित संयोजनबाट नेपालजस्तो अल्प विकसित देशले एउटा नयाँ विकासको बाटो लिन सक्छ । यिनै अनुभव र अनुभूतिसहित हामी स्वदेश फर्किएका छौं । त्यसर्थ, हाम्रो यो भ्रमण निकै सफल भएको छ भनेका छौं । र, म आफू व्यक्तिगत रुपमा पनि अत्यन्त सन्तुष्ट छु।

हुनत, सिक्ने कुराहरुको कहिले पनि अन्त्य हुँदैन । त्यहाँ गएर मात्रै सिकिन्छ भन्ने पनि होइन।अहिलेको युगमा पुस्तक र इन्टरनेटबाट पनि सिक्न सकिन्छ । तर, प्रत्यक्ष अवलोकन र अनुभूति गरेर र त्यहाँका विद्धान प्राध्यापक, अनुसन्धाता सँग प्रत्यक्ष छलफल गर्दा धेरै विषयमा प्रष्ट हुन मद्दत पुग्दो रहेछ ।

त्यहाँ विभिन्न क्षेत्रका विकासका केन्द्रहरु जस्तो, मैले भनेँ, अन्तरिक्ष विज्ञान विकासको केन्द्र, प्रविधिको विकासको केन्द्र सिलिकन भ्याली र ज्ञानको उत्पादनको केन्द्र हार्वाड विश्वविद्यालयमा पुग्दा फरक र जीवन्त अनुभूति भयो।

जस्तो नोबेल पुरस्कार बिजेता जो सेफस्टिगलिट्ज र दिगो विकासनीतिका प्रणेता जेफ्रीस्याक्स जस्ता अर्थशास्त्रीसँग भेटेर कुरा गर्दा हिजोका पुँजीवादी र साम्यवादी बाटोको कुरा गरिन्थ्यो, ती दुवै बाटोको अपूर्णता र अहिले बजारर राज्य दुवैको उचित संयोजनसहितको विकास नीति आवश्यक छ।

नयाँ शक्ति निर्माण अभियानको बेला पनि मलाई जे लागेको थियो, उहाँहरु सँग छलफल गर्दा पनि हाम्रो सोचमुल भूत रुपमा सहीरहेको भन्ने मलाई अनुभूति भयो । बजारलाई सबै कुरा छाडिदिने पुँजीवादी बाटो र राज्यलाई नै सबैकुरा छाडीदिने साम्यवादी बाटो, यी दुवैबाटोबाट २१ औं शताब्दीमा सबैका लागि विकास र समृद्धि सम्भव हुँदैन।

हामीलाई लागेको यी कुराहरु उहाँहरुसँग छलफल गर्दा खासगरी एमआइटी र हार्वाड विश्वविश्वालयका चिन्तकहरुसँग जस्तै, ह्वाई नेशनफेल्स्का लेखक ड्यारनएसी म्याग्लुर पछिल्लो मानवशास्त्र र मनो विज्ञानका वेत्ता स्टिफन पिंकर लगायतका चिन्तकहरुसँग कुरा गर्दा २१ औं शताब्दीमा विकासको एउटा नयाँ मोडल खोज्न आवश्यकछ र हिजोको पुँजीवाद र साम्यवाद भन्दा माथि उठेर विचारकै विकास पनि गर्न आवश्यक छ भन्ने गहिरोसँग अनुभूति भइरहेको थियो, त्यो दिशामा अगाडि बढ्नका निम्ति मनोबल र आत्मबल बढेको अनुभूति भइरहेको छ । किनकी आफ्नो जुन सोच थियो, त्यसलाई वैज्ञानिक चिन्तकहरुले पनि आडदिँदा अगाडि बढ्न बाटो खुल्छ । त्यस अर्थमा, हाम्रो भ्रमण उपयोगी भएको मैले ठानेको छु।

(एक महिना लामो अमेरिका भ्रमणबाट फर्किए का डा. भट्टराईसँग विमानस्थलमा भएको संक्षिप्त कुराकानीमा आधारित)

 

Logo