काठमाडौं

दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाख जना भन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ । "/>

दशैंका लागि दैनिक एक लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिँदै

दशैंका लागि दैनिक एक लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

दसैँ सुरु भएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाख जना भन्दा बढी सर्वसाधारण उपत्यकाबाट गृहजिल्लातर्फ जान थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

मंगलबार एक लाख १७ हजार सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए । सोमबार ९० हजार बाहिरिएका थिए । बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए ।

दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ । धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ । विगतको तुलनामा धेरै गुनासो नआएको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Logo