काठमाडौँ

लामो समय देखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब भने समाधान हुने भएको छ । "/>

उपत्यकाको फोहोर व्यवस्थापनका लागि नयाँ स्थान तय हुँदै

उपत्यकाको फोहोर व्यवस्थापनका लागि नयाँ स्थान तय हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

लामो समय देखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब भने समाधान हुने भएको छ ।

आगामी शुक्रबार सम्ममा तत्कालका लागि अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालका लागि विकल्पका रुपमा अत्पकालीन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कामपा निरन्तर लागिरहेको छ । यसै साता भित्र अत्पकालीन फोहर व्यवस्थापन गर्ने स्थानको तय भइसक्छ ।

हाल काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । १३ वर्ष अघि दुई वर्षका लागि भन्दै प्रयोग गर्दै आए पनि यतिका वर्ष भइसक्यो । अब उक्त स्थानमा फोहर राख्न मिल्ने अवस्था पनि छैन । त्यसैले व्यवस्थापनका लागि विकल्प खोज्न लागिएको हो ।

हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर सङ्कलन हुन्छ । त्यस्तै दैनिक निजी र महानगरको गरी २०० गाडी फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । अघिल्लो साता शुक्रबार नै फोहोर व्यवस्थापन गर्न भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको थियो । उक्त फोरमकै अगुवाईमा छिटो वातावरण विभागसहित भएर फोहोर फ्याक्ने स्थानको तय गर्नका लागि लागी परेका हुन् ।

फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुरथिमि नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव हुनुहुन्छ भने सदस्यमा काठमाडौँका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा नगरपालिका, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख र उपप्रमुख हुनुहुन्छ ।
रासस

Skip This
Skip This
Logo