काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएकालाई चालक अनुमतिपत्र ( लाइसेन्स ) दिएको आरोपमा १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख ( उपसचिव ) तेज नारायण यादवसहित १० जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा उपसचिवसहित ६ अधिकृत छन् ।
अख्तियारले एकान्तकुना कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी, नायब सुब्बा लेखनाथ भुसाल, ठूलो भर्याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खडकी, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
‘अनुसन्धानका सिलसिलामा ती तीन कार्यालयबाट गत माघ १ देखि फागुन २५ सम्म कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराई २ सय ४ वटा लाइसेन्स जारी गरेको पाइयो,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा छ ।
कान्तिपुरबाट































प्रतिक्रिया