ललितपुर ठेचोका रोहित मर्हजन सानैदेखि कलाप्रेमी थिए । त्यसकारण विज्ञान संकायबाट प्लस टु सकाएर पनि उनले राजधानीको लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाईन आर्टसमा भर्ना भए । मानिसको रुचिमा भएपछि भगवानले पनि खोस्न सक्दैन भने जस्तै उनलाई पनि कला क्षेत्रबाट तान्न कसैले सकेनन् ।
उनी दिनभरी कलामै लिप्त हुन्छन् । पेन्ट ब्रस, कलर उनको सधैको साथी हुन्छ । उनी एक चित्रकार हुन् । उनले ८ वटा राम्रा चित्रहरु प्रदर्शनमा समेत राखिसकेका छन् । उनी जस्तै अन्य क्षेत्र संगीत, नृत्यमा रम्ने थुप्रै युवाहरु भेटिन्छन् सिर्जना कलेज अफ फाईन आर्टस् कलेजमा ।
कलेजले विभिन्न कलाहरु प्रदर्शन गर्दै अघिल्लो वर्षका विद्यार्थीलाई विदाई गरी १७ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । प्रतिभाशाली व्यक्तिहरुलाई प्रसिद्ध कलाकार बनाउने कलेजको मुख्य उद्धेश्य छ । कलेजले विभिन्न विद्यामा व्यावसायिक कलात्मक प्रतिभाहरु उत्पादन समेत गरिरहेको छ । संगेतिक क्षेत्रमा चर्चा कमाएका मेनुका पौडेल र सुजता बर्मा पनि यही कलेजका विद्यार्थीहरु हुन् ।
९ जना विद्यार्थीबाट अध्ययन अध्यापन सुरुवात गरेको यस कलेजमा अहिले ३ सय जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । कलेजमा ४० संकाय सदस्यहरु रहेको र अहिलेसम्म ८ सय बिद्यार्थी उत्पादन गरिसकेको स्कूलका प्राध्यापक मदन चित्रकार बताउँछन् । पछिल्लो समय विद्यार्थीहरुको लगाव आर्ट बिषयप्रति बढरिहेको शिक्षकहरु बताउछन् ।
यो सामुदायीक कलेज भए पनि अहिलेसम्म अरु कलेजहरुले जस्तै सुविधा नपाएको शिक्षक रोशन भण्डारी बताउँछन् । कलेजमा ग्राफीक कम्युनिकेशन, पेन्टिङ, मुर्तिकला, ट्रेडिसनल पेन्टिङ, डिजाइन, संगीत, भोकल, नृत्यहरु आदि अध्ययन अध्यापन गराउँदै आइरहेको छ ।
यहाँ त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त प्लस टु देखि स्नातक तहसम्म अध्ययन गर्न सकिन्छ । यहाँबाट उत्पादन भएको विद्यार्थीहरु एड एजेन्सी, फोटोग्राफी, नृत्यमा कोरियोग्राफी, विभिन्न संकायका शिक्षक, हस्ती कलाकारहरु, मूर्तिकला जस्तो अब्बल ठाउँमा छन् ।





























प्रतिक्रिया