शनिबार बिहान पनि दैलेख केन्द्र भएर भूकम्प गएको छ । बिहान १० बजेर ५२ मिनेट जाँदा दैलेखको नारायण नगरपालिका १० भवानीलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पको धक्का कर्णाली प्रदेश सदरमुकाम सुर्खेतलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि शुक्रबार २ पटक ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
स्थानीय बिद्या पोखरेलका अनुसार दैलेखमा पटक पटक साना परकम्पनहरु पनि महशुस भैरहेकाले स्थानीय त्रसित छन् ।





























प्रतिक्रिया