काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाकोे पुँजी वृद्धि गरेको बताएका छन् । "/>

वित्तीय स्थायित्वका लागि पुँजी वृद्धि गरेको गर्भनरको दाबी

वित्तीय स्थायित्वका लागि पुँजी वृद्धि गरेको गर्भनरको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले वित्तीय स्थायित्वका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाकोे पुँजी वृद्धि गरेको बताएका छन् । राजधानीमा आयोजित वित्तीय स्थायित्वको कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘थोरै पुँजीका धेरै संस्था हुँदा वित्तीय स्थायित्वमा प्रश्न उठेको थियो ।’ बैंक तथा वित्तीय संस्था बलिया बनाउनुका साथै वित्तीय स्थायित्वका लागि बैंकिङ क्षेत्रमा पुँजी वृद्धि गरेको नेपालले बताए । त्यस्तै गभर्नर नेपालले पैसाको कारोबारलाई कडा नियमन गरिनुपर्ने बताए । उनले भने, ‘वित्तीय संस्था भन्दा बाहिर हुने पैसाको कारोबारलाई कडाइ गर्नुपर्छ ।’ त्यस्तै गभर्नर नेपालले सहकारी क्षेत्रमा ठूलो रकम रहेको बताए ।

सहकारी क्षेत्रमा रहेको ठूलो रकमले वित्तीय क्षेत्रमा कुनै पनि बेला समस्या निम्त्याउन सक्ने गभर्नर नेपालको आँकलन थियो । उनले भने, ‘सहकारीका कारण कुनै पनि बेला वित्तीय क्षेत्रमा संकट आउन सक्छ ।’ सहकारीमा संकट आए पनि सधैंभरि राष्ट्र बैंकले नियमन गर्न समस्या हुने उनको भनाइ थियो । संकटको रोकथामका लागि राष्ट्र बैंकले समग्र वित्तीय क्षेत्रलाई नियमन गर्नुपर्ने गभर्नर नेपालले बताए । बिमा लगायतका क्षेत्रमा पनि कडा नियमन नभए संकट निम्तिन सक्ने गभर्नर नेपालको भनाइ थियो ।
राजधानीबाट

Logo