काठमाडौं
नेपालका लागि अमेरिकी राजदूतमा र्यान्डी बेरी नियुक्त भएका छन् ।
नेपालका लागि अमरिकी दूतावासले ट्वीटमा भनेको छ, ‘राजदूतमा हालै नियुक्त बेरीलाई नेपालमा स्वागत गर्न दूतावास परिवार उत्सुक छौं ।’ कुटिनीतिज्ञ र्यान्डी बेरी अमेरिकी विदेश मन्त्रालय अन्तर्गत यौनिक अल्पसंख्यक ( एलजिबिटिआई ) का क्षेत्रमा कार्यरत थिए ।
बेरी यस अघि सन् २००७ देखि ०९ सम्म नेपालमा डेपुटी चिफ अफ मिसनको रूपमा काम गरेका थिए । हाल नेपालका लागि एलियाना बी टेप्लिज राजदुत रहँदै आएकी छिन् ।
नागरिकबाट





























प्रतिक्रिया