काठमाडौं
मूलपानीमा संचालन भइरहेको अवैध जुवा घरमा महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार राती छापा मारेको छ । प्रहरीले कारवाही गरिरहेका बेला छतबाट हाम फालेर भाग्न खोज्ने २ जनाको ज्यान गएको छ ।
जुवाको घरबाट भाग्न खोज्ने दुर्इ जनाको मृत्यु भएको एसएसपी बसन्तकुमार लामाले जानकारी दिएका छन । गम्भीर घाइते उनीहरूलार्इ अस्पताल लगिएको थियो । दुई जनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ ।
काठमाडौँ महानगरीय प्रहरी परिसरले राति १० बजेको समयमा जुवाखालमा छापा मारेको थियो । घर बाहिरको च्यानल गेटमा ताला लगाएर जुवा खेलाइएकोे टेण्डी शेर्पाको घरमा प्रहरीले छापा मार्दा भाग्ने क्रममा स्थानीय ४१ वर्षीय सरोज घले र सिन्धुपाल्चोक भोटेचौर निवासी सुमन लामाको मृत्यु भएको हो ।
प्रहरीले जुवाखालबाट एक महिला सहित २३ जनालाई पक्राउ गर्नाका साथै चार लाख ५८ हजार र केही थान सुनका गरगहना बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनु भयो ।





























प्रतिक्रिया