काठमाडौँ । ‘हन्ड्रेड युथ्स आवर फ्युचर’ अभियान संचालन गरिने भएको छ । कालिमाटीस्थित इञ्जिनियरिङ्ग कलेजले नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा उक्त अभियान संचालन गर्न लागेको हो । "/>

‘हण्ड्रेड युथ आवर फ्युचर’ अभियान सञ्चालन गरिने

‘हण्ड्रेड युथ आवर फ्युचर’ अभियान सञ्चालन गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । ‘हन्ड्रेड युथ्स आवर फ्युचर’ अभियान संचालन गरिने भएको छ । कालिमाटीस्थित इञ्जिनियरिङ्ग कलेजले नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा उक्त अभियान संचालन गर्न लागेको हो । यो अभियान अक्टुबरबाट शुरु भई आगामी २०१९ जनवरी सम्म अर्थात ४ महिना संचालन हुनेछ ।

संसारमै लोकप्रिय र शाहसको प्रतिरुप मानिएको मोटर स्पोर्ट्सको अवधारणा भित्र रहेर नेपालमा यो कार्यक्रम शुरु हुन लागेको हो । जसमा कलेज टु कार्टस, अटो रोबोटिक कार कम्पिटिसन, पर्सन्यालिटि डेभलभमेन्ट (रोड सेफ्टी आइडिया बैक) रहेका छन् । जसले नेपाली शिक्षित यूवाहरुलाई शाहसिक खेल, स्पोर्ट्स टुरिजम, रोड सेफ्टी तथा व्यक्तित्व विकासमा केहि उत्साह, सक्रियता र केहि अवधारणा प्रदान गर्नेछ ।

यस अभियान अन्तर्गत पहिलो चरणमा काठमाडौं इञ्जिनियरिङ्ग कलेज तथा अन्य इञ्जिनियरिङ्ग कलेजमा आधारित रहेर इच्छुक विद्यार्थीलाई समेटेर मोटर स्पोर्ट्स, ड्राइभ टुरिजम, अटो रोबोटिक्स इनोभेसन तथा सडक सुरक्षाबारेमा छोटो जानकारी दिने कार्यक्रम रहनेछ ।

दोस्रो चरणमा इच्छुक विद्यार्थीहरु मध्येबाट लिखित परीक्षाको आधारमा १०० जना छनोट गरिनेछ । जसमा अटोमोबाइल स्पोर्टस, इनोभेसन तथा रोड सेफ्टीका प्रश्न हुनेछन् ।
तेस्रो चरणमा छनौट भएका विद्यार्थीलाई उनीहरुले प्राप्त गरेको नम्बर तथा विषयको आधारमा ३ क्षेत्रमा विभाजन गरिनेछ । जसमा अटो रोबोटिक कार प्रतियोगितामा ३९ जना, कलेज टु कार्टसमा ४० जना तथा पर्सन्यालिटी डेभलभमेन्टमा २१ जना हुनेछन् ।

चौथो चरणमा तिनवटै क्षेत्रका विद्यार्थी माझ आ–आफ्नो समुहको छनौट र प्रतिस्पर्धा गराइनेछ । जसमध्ये अटो रोबोटिक कार कम्पिटिसन यसै कलेजमा हुनेछ भने कलेज टु कार्टस हिमालयन मोटर ल्याण्ड धुलिखेलमा हुनेछ र पर्सन्यालिटी डेभलपमेन्ट रोड सेफ्टी आईडिया बैंक यसै कलेजमा प्रस्तुत गरिनेछ ।

पाचौं चरणमा अटो रोबोटिक कार कम्पिटिसनबाट ३ जना पहिलो हुने टिम, कलेज टु कार्टसबाट प्रथम, द्घितिय र तृतीय तथा पर्सन्यालिटी डेभलपमेन्ट रोड सेफ्टी बैंकबाट १ जना गरी ७ जनालाई केएफवान सिंगापुर सक्र्युटमा अध्ययन भ्रमणमा लगिने छ ।

पहिलो नेस्नल च्याम्पियनसिप सिंगापुरमै आयोजना हुनेछ । यी सबै कार्य काठमाडौं इञ्जिनियरिङ्ग कलेजको व्यबस्थापन तथा नासा इन्सिटिटियुट अफ अटोमेटिभ इन्जिनियर (आईएई) र फेडेरेसन इन्टरनेसनल दि आई अटोमोबाईल –एफआइए) को सहयोगमा गरिनेछ ।

सम्पूर्ण कार्यक्रमको लगानी अनुमानित १२ लाख हुनेछ । जसको लागि काठमाडौं इञ्जिनियरिङ्ग कलेजले ५ लाख नगद सहयोगको साथै अटोरोबोटिक कम्पिटिसन र विद्यार्थी व्यवस्थापन गर्नेछ । त्यस बाहेकका कार्य भने नासाले गर्नेछ ।

छनौट भएका र विजेता विद्यार्थीहरु मोटर स्र्पोटस, एडभेन्चर टुरिजम, रोड सेफ्टी, स्र्पोटस म्यानेजमेन्ट तथा अन्य खेलकुद, पर्यटन तथा सार्वजनिक अभियानमा सरिक हुनेछन् ।

Logo