टिष्टुङ महोत्सवको तयारी अन्तिम चरणमा

टिष्टुङ महोत्सवको तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित सरस्वती बजारमा संचालन हुन् लागेको टिष्टुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी २४ गतेदेखि २७ गतेसम्म संचालन हुने महोत्सबको प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने महोत्सब मूल समारोह समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

अहिले महोत्सव तयारी स्वरुप टिष्टुङ बजार सरसफाई, प्रवेशद्वारा निर्माण, स्टल व्यवस्थापन लगायतको कार्य भइरहेको छ । टिष्टुङ महोत्सवमा १ सय ६० वटा स्टल रहने सचिवालय सदस्य प्रमोद जोशीले जानकारी दिए । महोत्सबमा स्थानीय उत्पादनहरुको प्रबर्द्धनलाई प्राथमिकता दिइएको वडा अध्यक्ष शशिधर सुबेदीले जानकारी दिए । सुबेदीले महोत्सवबाट टिष्टुङको प्रबर्द्धनमा थप टेवा पुग्ने बताए ।

महोत्सवका अबसरमा ‘टिष्टुङ चिनारी’ नामक पुस्तकको समेत बिमोचन हुने जनाएको छ  ।

Logo