बैँकिङ कसुरको मुद्दामा फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । ज्ञवालीलाई महेन्द्रनगर नजिकबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताए । "/>

तत्कालीन किष्ट बैंकका प्रमुख ज्ञवाली पक्राउ

तत्कालीन किष्ट बैंकका प्रमुख ज्ञवाली पक्राउ

केन्द्रबिन्दु
0
Shares

बैँकिङ कसुरको मुद्दामा फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । ज्ञवालीलाई महेन्द्रनगर नजिकबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहले वताए ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई भारतबाट पक्रिएको हो । ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूह माथि प्रहरीले अनुसन्धान थाले लगत्तै ज्ञवाली फरार थिए ।

०७३ असोज ४ गते उच्च अदालतले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै चार बर्ष कैद र सजायँ र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । कमसल धितोमा बढि कर्जा प्रवाह गरेको मुद्दा नेपाल राष्ट्र बैंक हुँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ( सिआईबी ) ले छानविन थाले पछि उनी फरार थिए ।

Logo