काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्व समुदाय नै नेपालको कुटुम्ब भएको बताएका छन् । "/>

अब विश्व नै कुटुम्ब : प्रधानमन्त्री ओली

अब विश्व नै कुटुम्ब : प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले अब विश्व समुदाय नै नेपालको कुटुम्ब भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भ्रमण सफल र फलदायी भएको दाबी गर्दै भारत र चीनसँगको सम्बन्ध नयाँ उचाइमा पुगेका बेला अब विश्व समुदायसँग पनि नेपालको सम्बन्ध एउटा परिवारका रूपमा प्रस्तुत गर्न थालिएको दाबी गरे ।

‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा सार्वभौम समानताको आधारमा अगाडि बढाइएको छ, चीनसँगको सम्बन्ध त्यसरी नै बढाइएको छ ।’ प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरूसँग भने, ‘हामीले अब दुई छिमेकी मात्र होइन, ‘वसुदैव कुटुम्बकम्’ भनेझैं विश्व नै छिमेक हो, विश्व नै परिवार हो जस्तो अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई प्रस्तुत गर्न थालेका छौं ।’

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले राम्रो काम गरेको बताएका छन् । उनले विश्व समुदायसँग नेपालको आवश्यकता र अब कसरी अघि बढ्न चाहेको छ भन्ने स्पष्ट रूपमा राखेको समेत दाबी गरे । ‘संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर नेपालका उपलब्धि, प्राथमिकता आवश्यकता र नेपाल कसरी अघि बढ्न चाहिरहेको छ भन्ने प्रस्ट ढंगले राखिएको छ,’ उनले भने, ‘देशबाहिर र देशभित्र भए गरेका काममा नराम्रो काम एउटा पनि गरेको छैन, राम्रो काम गरेको छ, राम्रो गर्ने कोसिस गरेको छ ।’
राजधानी

Logo