विराटनगर

प्रदेश राजधानी र नामाकरणबारे टुंगो लगाउन जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा फरक–फरक धारणा आएको छ । "/>

विराटनगरको विपक्षमा सत्तारुढ सांसद नै : प्रदेश एकको राजधानी र नामको सन्दर्भ

विराटनगरको विपक्षमा सत्तारुढ सांसद नै : प्रदेश एकको राजधानी र नामको सन्दर्भ

केन्द्रबिन्दु
0
Shares

विराटनगर

प्रदेश राजधानी र नामाकरणबारे टुंगो लगाउन जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा फरक–फरक धारणा आएको छ । विराटनगरमा सोमबार देखि जारी बैठकमा बोल्ने नेकपा सांसदले आफूलाई पायक क्षेत्रमै प्रदेश राजधानी हुनुपर्ने अडान राखेका हुन् ।

दुई दिनमा ५६ जनाले आआफ्ना धारणा राखेका छन् । मुख्यमन्त्री शेरधन राई लगायत चार जना मन्त्रीले बोलेपछि बैठक सकिनेछ । राजधानीका लागि आएका सुझाव माथि प्रदेश सरकारले थप छलफल गर्ने मुख्यमन्त्री राईले बताए । ‘हामी सबैको राय लिन्छौं’, उनले भने, ‘त्यसपछि संसद्को चालू बर्खे अधिवशनबाट दसैं अगावै राजधानी र नामको टुंगो गर्छौं ।’

बैठकमा मोरङका सांसदले विराटनगर, पहाडी र पूर्व–पश्चिम राजमार्ग आसपास तथा उत्तरका सांसदले इटहरी राजधानीका लागि उपयुक्त हुने धारणा राखेका छन् । धनकुटा, सुनसरीको चतरा वा गोठगाउँलाई पनि राजधानी बनाउन सकिने धारणा बैठकमा आएको जनाइएको छ ।

मोरङका सांसद कुलप्रसाद साम्बाले आआफ्ना क्षेत्रगत माग केन्द्रित गरेर विचार आएको तर आफूले राजधानी विराटनगरबाट मुकाम सार्न नहुने धारणा राखेको बताए । ‘यो ठाउँको ऐतिहासिकता र महत्त्वलाई ध्यानमा राख्दै राजधानी यहाँबाट सार्नु हुँदैन’, उनले भने । प्रदेशको नाम कोसी–किराँत अथवा सगरमाथा–किराँत हुँदा उचित हुने सुझाव आफूले दिएको उनले सुनाए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo