काठमाडौँ
नेकपा नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी ‘मार्क्सवादी सिद्धान्त र चिन्तन’बाट विचलित हुँदै गएको आरोप लगाएका छन् ।
काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा श्रेष्ठले पार्टी भित्र वैचारिक तथा सांस्कृतिक कमजोरी बढ्दै गएको र भ्रष्टाचार मौलाएको भन्दै असन्तुष्टि जाहेर गरे ।
पछिल्लो समय पार्टी भित्र मार्क्सवाद लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति नै कमजोर बनेको भन्दै उनले असन्तुष्टि पोखे । उनले समयमै वैचारिक बहस नचलाउने हो भने नेकपा कम्युनिस्ट पार्टी नाममा मात्र सिमित हुने बताए ।
सत्तारूढ दल नेकपाका नेता श्रेष्ठले सरकार काममा भन्दा अर्मूत नारामा सिमित भएको टिप्पणी गरे । उनले पार्टी भित्र भ्रष्टाचार विरोधी सांस्कृतिक रूपान्तरणको आन्दोलन अनिवार्य भइसकेको ठोकुवा गरे ।
‘मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारी बाहेक अरुलाई म सफाया गर्दिन्छु । त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन,’ श्रेष्ठले भने, ‘त्यसरी कम्युनिस्ट आन्दोलन चल्दैन । मार्क्सका अनुसार क्रान्तिको पहिलो निशाना आफू हो ।’
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया