काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षा नतिजा अनिश्चित बन्दै गएको छ । दशैं अगाडि नै प्रकाशित गर्ने तयारी गरिरहेको शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म लिईएको स्थायी शिक्षक सेवाको परीक्षाका कारण अस्थायी नतिजा अन्यौल बनेको हो । "/>

अस्थायी शिक्षक परीक्षाको नतिजा अनिश्चित

अस्थायी शिक्षक परीक्षाको नतिजा अनिश्चित


काठमाडौं । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षा नतिजा अनिश्चित बन्दै गएको छ । दशैं अगाडि नै प्रकाशित गर्ने तयारी गरिरहेको शिक्षक सेवा आयोगले असोज ११ देखि १३ गतेसम्म लिईएको स्थायी शिक्षक सेवाको परीक्षाका कारण अस्थायी नतिजा अन्यौल बनेको हो ।

स्थायी शिक्षक परीक्षाका कारण अस्थायी शिक्षकको उत्तरपुस्तिका परीक्षणको काम समेत रोकिएको शिक्षक सेवा आयोगका प्रशाकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए । असोज ११ गते भन्दा अगाडि उत्तरपुस्तिकाहरु धमाधम जाँच भइरहेको भएपनि स्थायी शिक्षक सेवा परीक्षाले जाँच्ने काम प्रभावित बनेको उनले बताए ।

स्थायी शिक्षकको परीक्षाको कारण अब अस्थायी शिक्षकको नतिजा कात्तिक भित्र प्रकाशित गर्नेगरी तयारी भईरहेको आयोगले जनाएको छ । आयोगको विज्ञ समूहले कापी परिक्षण गरिरहेको छ । कापि जाँच्ने काममा प्राध्यापक, उपप्राध्यापक र सेवा निवृत्त शिक्षकलाई सहभागि गराईएको छ ।

यस अघि शिक्षा मन्त्रालयका उपसचिव सहित शिक्षाका निकायका अन्य ब्यक्तिहरुले पनि कापी जाँच्न पाउँथे.। उनीहरु शिक्षक परीक्षाको तयारी कक्षामा सहभागी हुने क्रम बढेपछि आयोगले अनौपचारिक रुपमा उनीहरुको सहभागीतालाई रोकेको हो ।

गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले मात्रै प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए ।

कूल २२ हजार ७६ पदका लागि भएको उक्त परीक्षाको तिनै तहमा समग्रमा सहभागी हुने परीक्षार्थीको संख्या भने १ सय ५९ ले बढि छ । परीक्षामा कूल २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका छन् । उक्त परीक्षाका लागि तिनै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकको आवेदन परेको थियो ।

Logo