विराटनगर

प्रदेश १ को राजधानी र नामाकरणको विषय पेचिलो बन्दै गएको छ । राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन् । "/>

प्रदेश १ : राजधानीका संरचना छिन्नभिन्न पारिँदै

प्रदेश १ : राजधानीका संरचना छिन्नभिन्न पारिँदै

केन्द्रबिन्दु
0
Shares

विराटनगर

प्रदेश १ को राजधानी र नामाकरणको विषय पेचिलो बन्दै गएको छ । राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन् ।

मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र केही मन्त्रालय इलाम, झापा लगायतका जिल्लामा राख्न विभिन्न जिल्लाका प्रदेशसभा सदस्यसँग छुट्टाछुट्टै अनौपचारिक बैठक राखेर छलफल तीव्र पारेका छन् ।

बृहत विराटनगरको अवधारणा बजेटले नै ल्याएको भन्दै सोही अनुसार प्रदेशको राजधानी मोरङ र सुनसरीमा हुनुपर्ने एकथरीको तर्क छ । अर्कोथरीको तर्क भने कार्यपालिका र व्यवस्थापिका छुट्टाछुट्टै स्थानमा राख्न नहुने भन्ने छ । प्रदेशका मन्त्रालय, विभाग, व्यवस्थापिका, कार्यपालिका लगायत महत्वपूर्ण संरचना भिन्नाभिन्नै जिल्लामा राख्दा व्यवहारिक समस्या निम्तिने उनीहरूको धारणा छ । सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन एउटै कम्पाउन्ड भित्र कार्यालय राखेर सेवा दिनु उपयुक्त हुने प्रदेश सांसद विमल कार्की बताउँछन् ।

प्रदेशका सबै कार्यालय एउटै कम्पाउन्डभित्र राख्ने अवस्था नभएको र बजेटमै ग्रेटर विराटनगरको अवधारणा ल्याइएकाले ग्रेटर विराटनगरले समेटेको क्षेत्रभित्र प्रदेशका संरचना राख्दा उपयुक्त हुने कार्कीको धारणा छ । उनले भने, ‘बजेटले परिकल्पना गरेको ग्रेटर विराटनगर भित्र प्रदेशका कार्यालय राख्दा उपयुक्त हुने देखिन्छ ।’

प्रतिपक्ष दलहरूले भने राजधानीका संरचना छिन्नभिन्न पार्ने कदम व्यवहारिक रुपमा ठिक नहुने धारणा राखेका छन् । उनीहरूले राजधानीका संरचना छिन्नभिन्न पारिए आफूहरूलाई मान्य नहुने चेतावनी दिए । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सचेतक सूर्यमाराज राईले प्रदेशको राजधानी जहाँ हुन्छ संरचनाहरू पनि त्यहीं हुनुपर्ने धारणा राखे । उनले भने, ‘सरकारको सेवा प्रवाह प्रभावकारी बनाउन एकीकृत रुपमा एउटै कम्पाउन्ड भित्रबाट सबै सेवा प्रदान गर्ने व्यवस्था हुनुपर्छ ।’ संघीयताको मर्मविपरीत जनतामा वितृष्णा उत्पन्न हुने गरी सरकारका संरचना छरपष्ट पार्न नहुने राईले बताए ।
नागरिकबाट

Logo