काठमाडौं

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्य सहित ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गते देखि हुने भएको छ । "/>

राष्ट्रिय परिचयपत्र वितरणको मिती कात्तिक सम्म धकेलियो

राष्ट्रिय परिचयपत्र वितरणको मिती कात्तिक सम्म धकेलियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्य सहित ल्याउन लागिएको राष्ट्रिय परिचयपत्र वितरण कात्तिक १५ गते देखि हुने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका उपसचिव तथा सूचना अधिकारी शिवराज जोशीले सिंहदरबार भित्रका कर्मचारीहरुलाई कात्तिक १५ गतेदेखि राष्ट्रिय परिचयपत्रको वितरण गरिने जानकारी दिए ।

स्थापनाको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले कात्तिकदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न लागेको हो । मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो ।

सिंहदरबार भित्रका पाँच हजार कर्मचारीको व्यक्तिगत विवरण लिने काम सम्पन्न भई अहिले वायोमेट्रिक ( दश वटा औँलाको छाप र तस्विर लिने काम ) विवरण लिने कार्य भइरहेको जानकारी समेत उनले दिए । असोज १० गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को दशवटा औँलाको छाप र तस्विर लिएर सिंहदरबारका कर्मचारीहरुको वायोमेट्रिक विवरण लिने कार्यको शुभारम्भ गरिएको थियो ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथर जिल्लामा समेत व्यक्तिगत र बायोमेट्रिक विवरण लिने काम सम्पन्न भइसकेको जानकारी दिंदै सूचना अधिकरी जोशीले पाँचथरमा कातिक महिनामा नै परिचयपत्र वितरण गरिने बताए । परिचयपत्रमा राखिने ‘सेक्युरेटी फिचर’ ( सुरक्षण चिह्न ) बारे सरकारले निर्णय गरेसँगै परिचयपत्र वितरण प्रक्रिया अगाडि बढेको उनले बताए ।

गत वर्ष २०७४ पुस १३ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त ‘सेक्युरेटी फिचर’ बारे निर्णय गरेको थियो । त्यसैगरी २०७४ मङ्सिर ११ गतेको गृहमन्त्री स्तरीय बैठकले सुरक्षण चिह्नबारे अन्तिम निर्णय गर्न मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । त्यसअघि २०७१ माघ २२ गतेको मन्त्रिपरिषद बैठकले सो परिचयपत्रको नमूना र २०७४ असार ८ गतेको मन्त्रिपरिषदले ‘लेआउट’ पारित गरेको थियो । त्यसैगरी २०७४ भदौ १९ र २१ गतेको गृहमन्त्री स्तरीय बैठकले यस योजनाको ‘पाइलट’ को रुपमा पाँचथर जिल्लामा एक लाख दश हजार र सिंहदरबार भित्रका कर्मचारीहरूको परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो ।
गोरखापत्रबाट

Logo