काठमाडौं

सरकारी कर्मचारीको विदेश भ्रमणमा बेथिति भेटिएको छ । भ्रमणका क्रममा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ को सिधै उल्लंघन हुने गरेको, विदेश जानेहरूको छनोटमा मनलाग्दी गर्ने गरेको, सम्बन्धित व्यक्ति भन्दा आफू नजिककालाई पठाउने गरेको भेटिएको हो । "/>

कर्मचारी विदेश भ्रमणको विवरण दिन १५ मन्त्रालयद्वारा आनाकानी

कर्मचारी विदेश भ्रमणको विवरण दिन १५ मन्त्रालयद्वारा आनाकानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारी कर्मचारीको विदेश भ्रमणमा बेथिति भेटिएको छ । भ्रमणका क्रममा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ को सिधै उल्लंघन हुने गरेको, विदेश जानेहरूको छनोटमा मनलाग्दी गर्ने गरेको, सम्बन्धित व्यक्ति भन्दा आफू नजिककालाई पठाउने गरेको भेटिएको हो ।

सरकारले विदेश जाने कर्मचारीको भ्रमणलाई व्यवस्थित बनाउन भन्दै यसै वर्ष मात्र निर्देशिका जारी गरे पनि सम्बन्धित निकायले त्यसको पालना नगरेको भेटिएको हो । प्रधानमन्त्री कार्यालयले पनि निर्देशिका कार्यान्वयन गर्न कडाइ नगर्दा कागजमा मात्र सीमित बन्न पुगेको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा निकायमा वैदेशिक भ्रमणका क्रममा निर्देशिकाको पालना गर्न र वेबसाइटमा विदेश जानेहरूको विवरण राख्न पटकपटक निर्देशन दिए पनि अधिकांश मन्त्रालयले पालना नगरेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयले मात्र साउन यता विदेश जाने कर्मचारीको विवरण सार्वजनिक गरेका छन् ।

कूटनीति तथा विदेश सम्बन्धी काम गर्ने परराष्ट्र मन्त्रालयले नै विदेश भ्रमणमा जाने कर्मचारीको विवरण सार्वजनिक गरेको छैन । अर्थ मन्त्रालयले समेत विदेश भ्रमणमा जाने कर्मचारीको विवरण सार्वजनिक गर्न आनाकानी गरेको पाइएको छ । अपराध र सुशासनमा महत्वपूर्ण भूमिका खेल्ने गृह मन्त्रालयले समेत विदेश जाने कर्मचारीको विवरण सार्वजनिक गर्न आलटाल गर्दै आएको छ ।

प्रधानमन्त्री कार्यालयले केही समय अघि मात्र आफ्नो कार्यालयबाट विदेश भ्रमणमा जाने कर्मचारीको विवरण सार्वजनिक गरेको थियो । वन मन्त्रालयले विदेश जाने कर्मचारीको विवरण सार्वजनिक गर्दै ६९ जनाले साउन यता विदेश भ्रमण गरेको जनाएको छ ।

साउन यता विदेश जानेमा सबैभन्दा धेरै सामान्य प्रशासनबाट रहेका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १२२ जनाले विदेश भ्रमण गरेका छन् । यस्तै सहरीबाट ७१ जना, युवा तथा खेलकुदबाट चार जना, रक्षाबाट ६ जनाले विदेश भ्रमण गरेका छन् ।
राजधानीबाट

Logo