काठमाडौँ

राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले सातदिने स्पष्टीकरण सोधेको छ । "/>

सम्पत्ति सार्वजनिकमा दलहरुको अटेरी : आयोगद्वारा सात दिन भित्र स्पष्टीकरण दिन माग

सम्पत्ति सार्वजनिकमा दलहरुको अटेरी : आयोगद्वारा सात दिन भित्र स्पष्टीकरण दिन माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले सातदिने स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक दललाई कारबाही किन नगर्ने भन्दै शुक्रबार स्पष्टीकरणपत्र काटिएको बताए ।

प्रमुख एवं राष्ट्रिय दलको मान्यता प्राप्त नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल ( राजपा नेपाल ) र संघीय समाजवादी फोरम नेपाल एवं साना दलसहित ११८ राजनीतिक दललाई सातदिने स्पष्टीकरण सोधिएको उनले बताए ।

‘सम्पत्ति विवरण सार्वजनिक नगर्ने दललाई सात दिने स्पष्टीकरणपत्र काटेका छौं,’ पौड्यालले भने, ‘आफैंले बनाएको कानुन अनुसार काम नगर्ने, कानुन उल्लंघन गर्ने दलका नेतालाई कानुन अनुसार आयोगले कारबाही गर्छ ।’

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५३ को उपदफा १ मा राजनीतिक दलका केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिन भित्र आफ्नो चलअचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालयसमक्ष पेस गर्नुपर्नेछ ।
राजधानीबाट

Logo