काठमाडौँ

अब देखि नेपालका ग्याँस बुलेटले नै खाना पकाउने ग्याँस आयात गर्न पाउने भएका छन् । "/>

नेपालका ५३ ग्याँस बुलेटले खाना पकाउने ग्यास ढुवानी गर्ने

नेपालका ५३ ग्याँस बुलेटले खाना पकाउने ग्यास ढुवानी गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अब देखि नेपालका ग्याँस बुलेटले नै खाना पकाउने ग्याँस आयात गर्न पाउने भएका छन् । नेपाल र भारतमन्त्रीस्तरीय बैठकमा नेपाली बुलेटलाई ग्याँस ढुवानी गर्न दिने सहमति भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच शुक्रबार राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो । सहमति अनुसार नेपालका ५३ ग्याँस बुलेटले खाना पकाउने (एलपिजी ) ग्यास ढुवानी गर्नेछन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपिजी ग्यास ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी गराए । उनले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने जनाए ।

मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम द्रुतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरेका थिए । नेपाल र भारतबीच २०७२ भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो ।

भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन बिछ्याएको र नेपाललाई त्यसबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको बताए । मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरेका छन् ।
नागरिकबाट

Logo